फोर्डको नेपाल रणनीति : अफ्टर–सेल्स सेवासँगै नयाँ अन्तर्राष्ट्रिय मोडलमा जोड

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । फोर्डले भारतमा आफ्ना सवारीसाधनको बिक्री तथा उत्पादन बन्द गर्ने घोषणा गरेको पाँच वर्षपछि पनि नेपालमा भने ब्रान्डको उपस्थिति थप विस्तार हुँदै गएको छ। फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्रीसँगै अफ्टर–सेल्स सेवा र नयाँ अन्तर्राष्ट्रिय मोडलमार्फत बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिएको जनाएको छ।

    फोर्डले ९ सेप्टेम्बर २०२१ मा भारतमा सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो। तर, बिक्री सञ्चालन बन्द गरेपछि पनि भारतमा रहेका ग्राहकलाई कम्पनीले आफ्नै अफ्टर–सेल्स नेटवर्कमार्फत सेवा तथा सहयोग उपलब्ध गराउँदै आएको छ।

    नेपालमा भने जीओ अटोमोबाइल्सले फोर्डका विद्यमान ग्राहकलाई लक्षित गर्दै नियमित सर्भिस, जेन्युइन स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता तथा ग्राहक सेवामा निरन्तरता दिएको जनाएको छ। कम्पनीले यसबाट फोर्ड गाडीधनीलाई सहज र विश्वसनीय ‘ओनरशिप एक्सपेरियन्स’ प्रदान गर्ने लक्ष्य राखेको छ।

    अफ्टर–सेल्स सेवालाई प्राथमिकता दिँदै आएको कम्पनीले नेपालभर आवश्यक स्पेयर पार्ट्स, प्राविधिक जनशक्ति र गुणस्तरीय सर्भिसको उपलब्धतामा लगानी गर्दै आएको जनाएको छ।

    यसबीच फोर्ड नेपालले बिक्री सञ्चालनसमेत निरन्तरता दिँदै फोर्ड एभरेस्ट, फोर्ड रेन्जर र फोर्ड रेन्जर र्याप्टर जस्ता अन्तर्राष्ट्रिय मोडल नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले आगामी दिनमा नेपालमा थप नयाँ फोर्ड मोडल सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।

    जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले फोर्डको यात्रालाई गाडी बिक्रीमा मात्र सीमित नराखी ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने कम्पनीको प्राथमिकता रहेको बताए।

    “फोर्डको ओनरशिप एउटा यात्रा हो र त्यो यात्रालाई विश्वासका साथ निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। हामी प्रत्येक फोर्ड ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ,” गोल्छाले भने।

    उनका अनुसार फोर्डका अन्तर्राष्ट्रिय मोडल तथा नयाँ उत्पादनहरू नेपालमा ल्याउने कार्यलाई पनि कम्पनीले निरन्तरता दिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar