पहिरोमा पुरिएका तीनजनाको शव फेला

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • रोल्पा । रोल्पामा आज बिहान पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव फेला परेको छ ।

    सुनछहरी गाउँपालिका–२ फलबाङमा वीरू घर्तीको घर पहिरोले पुरिँदा बेपत्ता भएका तीजनाको शव फेला परेको हो ।

    मृत फेला पर्नेमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर छन्।

    हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना बैपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar