फिफा विश्वकप २०२६ को फाइनल निःशुल्क प्रत्यक्ष प्रसारण हुने

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौं । नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन् । नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले आज राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल अतिरिक्त शुल्कबिनै एनटीभी प्लसबाट प्रत्यक्ष हेर्न सकिने बताएका छन् ।

    यस निर्णयसँगै पे–टिभी वा अन्य सशुल्क प्लेटफर्ममा निर्भर हुनुपर्ने बाध्यता हट्ने भएको छ । देशभरका फुटबलप्रेमीले सरकारी टेलिभिजनमार्फत सहज रूपमा विश्वकपको निर्णायक खेलको रोमाञ्च लिन सक्नेछन् । यसअघि तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच भएको खेल पनि एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गरेको थियो ।

    त्यसको निरन्तरतास्वरूप अब फाइनल खेल पनि सार्वजनिक पहुँचमा ल्याइएको हो । विश्वकपको फाइनलप्रति नेपाली दर्शकमाझ विशेष उत्साह देखिएको बेला सरकारी प्रसारण संस्थाको यो निर्णयले ठूलो संख्यामा फुटबल समर्थकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar