पार्टी विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु : सभापति देउवा

  • कालिका खवर
  • शुक्रबार, पुस १८, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजन नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् ।

    संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूसँगको छलफलमा सभापति देउवाले मिलेर जान चाहेको बताएका हुन् ।

    ‘ विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु,’ देउवाले भने । भेटमा केन्द्रीय सदस्यहरूले पहिला चुनाव हुनुपर्ने र त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने सुझाव देउवालाई दिएका थिए ।

    १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar