पाकिस्तान र अफगानिस्तानबीच युद्ध सुरु : ७० तालिबान मारिए, १२० बढी घाइते

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच जारी तनाव युद्धमा परिणत भएको छ । अफगानिस्तानले आक्रमण गरेपछि पाकिस्तानले गोलीबारी, बम प्रहार गरेर जवाफी आक्रमण गरेको हो ।

    पाकिस्तानी वायुसेनाले तालिबान सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको आक्रमणपछि अफगानिस्तानको राजधानी काबुलमा गएराति विस्फोट र विमानको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    अफगानिस्तानले अहिलेसम्म क्षतिको बारेमा जानकारी दिएको छैन, तर पाकिस्तानी सेनाले ७० भन्दा बढी तालिबानलाई मारेको दाबी गरेको छ ।

    पाकिस्तानी मिडियाले आक्रमणमा ७२ तालिबान मारिएको र १२० जना घाइते भएको दाबी गरेको छ । साथै, धेरै आवासीय क्षेत्रहरू पनि ध्वस्त पारिएको जनाएको छ ।

    पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगानिस्तानमा पाकिस्तानी वायुसेनाको आक्रमणको पुष्टि गरे । उनका अनुसार काबुल, कान्दाहार र पक्तिया क्षेत्रमा आक्रमणहरू गरिएको थियो, जसमा धेरै अफगान सेनाका अड्डाहरू ध्वस्त भएका थिए । गएराति भएको आक्रमण अफगानिस्तानले फेब्रुअरी २२ मा गरेको पाकिस्तानी आक्रमणको बदला लिने प्रयास गर्दा सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar