प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायको संयुक्त बैठक

  • कालिका खवर
  • सोमवार, पुस ७, २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज लगायतको संयुक्त बैठक बोलाएकी छन् ।

    प्रधाानमन्त्री कार्कीले आज (सोमबार) दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।

    निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो ।

    बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।

    निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar