प्रभू बैंकको नाफा ४६.३३ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । प्रभू बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। बैंकले तीन महिनामा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार, गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस आधारमा बैंकको नाफा ४६.३३ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने उल्लेख्य वृद्धि भएको देखिन्छ। बैंकको यस्तो आम्दानी १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यो रकम २ अर्ब ६ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

    तर, बैंकको सञ्चालन नाफा (Operating Profit) भने १६.५१ प्रतिशतले घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ कायम भएको छ।

    हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ राखेको छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा (NPL) ४.९४ प्रतिशत रहेको छ। यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) ९ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५५ पैसा कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar