प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम भव्य रूपमा सम्पन्न

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूको लागि सौराहामा आयोजना गरेको एडुटेनमेन्ट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्तिक १३, १४ र १५ गतेसम्म चितवनको पर्यटकीय केन्द्र सौराहामा ३ दिन चल्यो, जसमा मनोरञ्जनात्मक गतिविधिसँगै क्षमता अभिवृद्धि तालिमसमेत समावेश गरिएको थियो।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता लिडरहरूको क्षमता विकासमा यस्ता प्रशिक्षणहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरूको पहिचान मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतीले सहभागीहरूलाई पुनर्ताजगी प्रदान गर्ने उनले बताए।

    कार्यक्रममा २०० भन्दा बढी अभिकर्ता लिडरहरूको उपस्थिति थियो। ‘द आर्ट अफ सेलिङ’ का नामले परिचित अन्तर्राष्ट्रिय ट्रेनर अरनिको सिंहले बीमा विक्री कलासम्बन्धी तालिम दिँदै सहभागीहरूलाई प्रेरित गरेका थिए।

    कार्यक्रमको आकर्षणमध्ये लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ प्रस्तुतीले उत्साह थपेको थियो।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई प्रेरित र सशक्त बनाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट तथा सम्मानजनक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar