ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने गरी मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकसाथ अतिथिका रूपमा सहभागी हुने भएका हुन् ।

    मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा फाउन्डेसनले आइतबार (असार १४) राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहितको विशेष समारोहमा आयोजना गर्दै छ । जसमा उनीहरू सहभागी हुन लागेका हुन् । उक्त कार्यक्रममा अतिथि वक्ताको रूपमा चार पूर्वप्रधानमन्त्री उपस्थित हुने फाउन्डेसनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पनि सहभागी हुनेछन् । फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ अन्तर्गत २०८२ सालको पुरस्कार लेखक तथा अध्येता रमेश रुछेन राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar