निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ : गृहमन्त्री अर्याल

  • कालिका खवर
  • आइतवार, कार्तिक २३, २०८२
  • काठमाडौं, २३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका हुन् ।

    गृहमन्त्री अर्यालले भने, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।”

    गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उनले भने, “कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के ग¥यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar