नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।

    सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ।

    गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाखको कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको जनाएको छ। हाल रिसोर्ट २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ भने दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

    अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

    रिसोर्टले आगामी वर्षमा दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।
    साथै, कम्पनी आईपीओ जारी गर्ने तयारीमा रहेको छ र यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट बीबी रेटिङ प्राप्त गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar