नेशनल लाइफ इन्स्योरेन्सद्वारा पोखरामा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यसहित पोखराको होटल वाटरफ्रन्टमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्व रहेको थियो।

    आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान र सदस्यता वितरण गरिएको थियो।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सम्मानपत्र तथा खादाद्वारा सम्मान गरे। साथै, अभिकर्ता मैत्री योजना अन्तरगत ल्याइएको सिईओ क्लब सदस्यता योजनामा १६०० भन्दा बढी अभिकर्ता छनोट हुन सफल भएको जानकारी दिँदै यसलाई उल्लेखनीय सफलता भने।

    कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा सफलता पाउन आवश्यक प्रेरणा र सीपसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरे। प्रशिक्षणपछि सहभागी अभिकर्ताहरूले यसले आफ्नो पेशा अझ व्यवसायिक रूपमा अगाडि बढाउन उर्जा र आत्मविश्वास थपेको प्रतिक्रिया दिए।

    नेशनल लाइफले प्रदेशस्तरीय सम्मान कार्यक्रमहरू क्रमशः अन्य प्रदेशमा पनि विस्तार गर्दै लगिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar