नेपाली कांग्रेस काठमाडौँ–८ बाट मुस्कान गौतम सिफारिस

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौं– नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ८ ले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सरस्वती बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति मुस्कान राज गौतमको नाम सिफारिस गरेको छ।

    क्षेत्रीय समितिको बैठकले युवा नेतृत्वलाई अघि सार्ने नीति अनुरूप गौतमको नाम सिफारिस गरिएको हो। विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गौतम संगठन निर्माण, शैक्षिक सुधार र युवा सहभागितामा प्रभावकारी काम गरेको बताइन्छ।

    पार्टीले आगामी निर्वाचनमा काठमाडौँ–८ मा बलियो उपस्थिति जनाउने लक्ष्यसहित युवामैत्री र ऊर्जाशील उम्मेदवारको रूपमा गौतमलाई अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar