नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री सुरु, लक्जरी र प्रविधिको उत्कृष्ट संयोजन

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले नेपाली ग्राहकहरूको बढ्दो चाहना र मागलाई ध्यानमा राख्दै ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री–वितरण औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अनुसार नयाँ मोडेल अत्याधुनिक प्रविधि, सुरक्षा र लक्जरी सुविधाले भरिपूर्ण छ।

    नयाँ सीआर–भीमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ, जसले उच्च शक्ति र उत्कृष्ट पर्फर्मेन्स दिने बताइएको छ। इन्टेरियरमा वेलकम सिट, फुल एलइडी लाइट, पानोरामिक सनरुफ लगायतका प्रिमियम सुविधाहरू समावेश छन्।

    ग्राहकको स्वास्थ्य र सुरक्षालाई विशेष प्राथमिकता दिँदै यसमा प्लाज्मा क्लस्टर प्रविधि तथा १० एयरब्याग जडान गरिएको छ। कच्ची तथा कठिन सडकमा पनि सहज यात्राका लागि २१० एमएम ग्राउन्ड क्लिअरेन्स व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    यसमा १०.२ इन्च टिएफटी टच डिस्प्ले, ड्राइभर मेमोरी सिट, तथा १२ बोस प्रिमियम स्पिकर्स जस्ता उच्चस्तरीय फिचर्स छन्। यात्रालाई थप सुरक्षित र सहज बनाउने एडास (ADAS) लेभल २ पनि उपलब्ध रहेको छ। ७ सिटर क्षमता भएकाले पारिवारिक यात्राका लागि समेत उपयुक्त मानिएको छ।

    स्याकार ट्रेडिङका अनुसार, नेपालमा विश्वस्तरीय प्रविधि, सुरक्षा र सुविधासहितका गाडी भित्र्याउने आफ्नो प्रतिबद्धता रहेको छ। कम्पनीले ‘अल न्यु सीआर–भी’ ले नेपाली एसयूभी बजारमा लक्जरी र पर्फर्मेन्सको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

    यो मोडेल कालो, सेतो, निलो र सिल्भर गरी चार रंगमा उपलब्ध छ। गाडीको अनुभव लिन इच्छुक ग्राहकहरूले ललितपुरको धोबिघाटस्थित होन्डा शोरुम मा सम्पर्क गरी ‘टेस्ट राइड’ गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar