नेपाल विद्युत् प्राधिकरणद्वारा डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपभोक्तालाई २१ दिनभित्र बक्यौता तिर्न सूचना

  • कालिका खवर
  • आइतवार, अशोज १२, २०८२
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उपभोक्ताहरूलाई २१ कार्यदिनभित्र बक्यौता विद्युत् महसुल भुक्तानी गर्न सूचना जारी गरेको छ ।

    आज जारी गरिएको सूचनामा प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ । उपभोक्ताहरूले निर्धारित म्यादभित्र भुक्तानी नगरेमा प्रचलित नियमअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

    प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार २०८२–०७–१७ गतेभित्र बक्यौता भुक्तानी गर्न उपभोक्ताहरूलाई सूचित गरिएको छ ।

    त्यस्तै, मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न चाहने उपभोक्ताहरूलाई बढीमा २८ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

    प्राधिकरणले समयमै भुक्तानी नगर्ने उपभोक्ताहरूका लागि सेवा अवरुद्ध गर्नेसहितका कानूनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar