नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौँ। नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ।

    महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार महासंघको सचिवालयमा डा. तिवारीलाई असोज १ गतेदेखि लागू हुने गरी नियुक्तिपत्र प्रदान गरेका हुन्।

    डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता तथा निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि महत्वपूर्ण रहेको बताए।

    “नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाहरूको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पु¥याउनेछ,” अध्यक्ष श्रेष्ठले भने, “हाम्रो नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूची कार्यान्वयन गर्न र नेपाली उद्यमका लागि गतिशील तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उहाँको नेतृत्व महत्वपूर्ण साबित हुनेछ।”

    नियुक्तिसँगै डा. तिवारी महासंघमा पुनः फर्किएका छन्। यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए।

    बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) का क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेका डा. तिवारीले अब महासंघको महानिर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar