नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग

  • कालिका खवर
  • सोमवार, मंसिर १५, २०८२
  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड ५० लाख सहयोग प्रदान गरेको छ।

    मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा परेको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि नेपाल लाइफले यो सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग गरेको हो।

    समारोहमा बोल्दै अध्यक्ष संघईले नेपाल लाइफले CSR अन्तर्गत विभिन्न सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै, विपद् तथा संकटकाबीच सार्वजनिक संरचना पुनर्निर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

    अर्थमन्त्री खनालले नेपाल लाइफको सहयोगले राष्ट्रिय पूर्वाधार पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै भविष्यमा पनि यस्तो सकारात्मक योगदान गर्नेप्रति विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar