नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई अत्यावश्यक सामग्री सहयोग

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं। नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई अत्यावश्यक सामग्री सहयोग गरेको छ।

    असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आश्रमलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको हो।

    एक कार्यक्रमबीच बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीलगायत बैंक तथा आश्रमका पदाधिकारीहरूको उपस्थिति थियो।

    बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग तथा सामाजिक गतिविधि समय–समयमा गर्दै आएको जनाएको छ।

    इटहरी र इलाम शाखा नयाँ स्थानमा

    यसैबीच, नेपाल एसबिआई बैंकले इटहरी उपमहानगरपालिका–१, धरान रोड, सुनसरीमा रहेको आफ्नो इटहरी शाखालाई उपमहानगरपालिका–९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ।

    त्यस्तै, इलाम नगरपालिका–१, इलाम बजारमा रहेको इलाम शाखालाई सोही नगरपालिकाको वडा नं. ७ स्थित इलाम बजारमै नयाँ परिसरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

    दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेका छन्। नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले गरेका थिए।

    नयाँ तथा सुविधासम्पन्न परिसरबाट ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध हुने बैंकले अपेक्षा गरेको छ।

    नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar