नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ, ११ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ ।

    व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar