नेकपा एमाले चुनाव पर्खिरहेको छ : अध्यक्ष ओली

  • कालिका खवर
  • बुधबार, पुस १६, २०८२
  • एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको बताएका ओलीले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राखेका छन् । नेकपा एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

    उनले देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसम्मै रहने बताए । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गरे ।

    ‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘कहिले होला, फागुन २१ मा होला । या वैशाखमा होला । या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar