नबिल इन्भेष्टमेन्ट बैंकिङको १६औं वार्षिक साधारणसभा सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • काठमाडौं, २४ असोज । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समितिका सदस्यहरु, सेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न साधारणसभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar