नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ : मदनकृष्ण श्रेष्ठ

  • कालिका खवर
  • बुधबार, भदौ २५, २०८२
  • काठमाडौँ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् । ‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ’, उनी अगाडि भन्छन् ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ ।

    अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’ युवाहरूको माग नै समयको माग भएको धारणा राख्ने श्रेष्ठ थप्छन्, ‘राखेका श्रेष्ठले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचार रहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar