नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

  • कालिका खवर
  • शनिबार, अशोज ३, २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नुवाकोट, टिमुरे तथा रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ।

    २०८३ भदौ १० गते गएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री २०८३ असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

    नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहत सामग्री हस्तान्तरण गरेको नाडाले जनाएको छ।

    यसअघि २०८३ भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराएको थियो।

    नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिका समयमा विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar