मुख्यमन्त्री नआएपछि मधेश सभा बैठक स्थगित

  • कालिका खवर
  • बुधबार, मंसिर १७, २०८२
  • काठमाडौँ : मधेश प्रदेशसभाको बैठक १० बजेपछि तीन मिनेट बसेर स्थगित भएको छ । बिहान ८:३० बजेका लागि आह्वान भएको बैठक मुख्यमन्त्री सरोजकुमार यादव नआएपछि बस्न सकेको थिएन ।

    विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले दिउँसो २ बजेको समय मागेका थिए । बैठक बिहान ८:३० बजे बोलाइएको थियो । मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि बैठक शुरू भएको ३ मिनेटमै स्थगित गरेर दिउँसो २ बजे बस्ने जानकारी प्रदेश सभाले दिएको छ ।

    उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् । तर, सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि उनले आजै २ बजेसम्मका लागि स्थगित गरेकी छन् । २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशअनुरूप यादवले विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar