महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

  • कालिका खवर
  • बिहिबार, पुस २४, २०८२
  • काठमाडौं । आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा समूह चरणअन्तर्गत नेपालको सबै खेलहरू त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् ।

    यसअघि नेपालको दुई खेल माथिल्लो मुलपानी अनि दुई खेल त्रिवि क्रिकेट मैदानमा हुने उल्लेख थिए । तर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुने भएका हुन् ।

    तालिका अनुसार नेपालको पहिलो खेल थाइल्यान्डसँग माघ ४ गते विहानको समयमा त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालको दोस्रो खेल नेदरल्यान्ड्ससँग माघ ८ गते विहान त्रिवि क्रिकेट मैदानमा हुनेछ।

    नेपालको तेस्रो खेल माघ १० गते शनिबार जिम्बाबेसँग विहानको समयमा हुनेछ । चौथो खेलमा नेपालले माघ १२ गते सोमबार विहान स्कटल्यान्डसँग खेल्नेछ ।

    समूह चरणबाट दुई समूहका शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् । त्यहाँ शीर्ष ४ मा रहने टोलीहरू विश्वकपमा छनोट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar