महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी

  • कालिका खवर
  • आइतवार, अशोज ५, २०८२
  • काठमाडौँ : अन्तरिम सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई मन्त्री बनाउने भएको छ । पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्न लागिएको हो । अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ। शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रस्ट भइसकेको छैन।

    प्रधानमन्त्री सुशीला कार्कीले पुनसँग मन्त्री बन्नको लागि छलफल गरिरहेकी छन् । उनी पनि मन्त्री बन्नको लागि तयार बनेका छन् ।
    नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar