महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ।

    योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    बैंकका डेबिट कार्डवाहक ग्राहकले दराज नेपालमार्फत न्यूनतम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, क्रेडिट कार्डवाहक ग्राहकले न्यूनतम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ।

    यो योजना प्रत्येक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा र पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा उपलब्ध हुने भएकाले ग्राहकले हरेक सोमबार समयमै योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

    बैंकका अनुसार यस्ता योजनामार्फत डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई थप प्रोत्साहन गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्न सहयोग पुग्नेछ। साथै, ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ।

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar