महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन क्रममा झापा–१ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    मतदानमा सहभागी ७१० क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् ।

    झापा–१ साविक मेची अञ्चलकै कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । अघिल्लो आम निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट साविक अञ्चलभरिमै झापा–१ मा मात्रै कांग्रेस विजयी भएको थियो । सो क्षेत्रबाट उपसभापति शर्मा १३ औं महाधिवेशन क्रममा ११४ क्षेत्रीय प्रतिनिधिमध्ये ११२ मत प्राप्त गरेर तथा सोही अधिवेशनको क्रममा मेचीनगर ९ को वडा अधिवेशनमा ७४ मतदातामा मतदान भएको ७० मतमा गोप्य मतदानमा ७० नै मत पाएर विजयी भएका थिए ।

    पार्टीमा पछिल्लो जारी विवादपछि पनि झापा–१ मा संस्थापन र (सिटौला पक्ष) भनेर चिनिने समूह पनि एक पार्टी एकताको पक्षमा एकढिक्का रहेर अधिवेशनमा सहभागी रहे ।

    क्षेत्र नम्बर १ बाट खुलातर्फ शर्मा ६३८, केशवराज पाण्डे ५२७, नारायण गिरी ४५०, अर्जुन राई ४४४, भुपु राई ४४३, प्रेम सम्बाम्फे ४४१, गोपाल तामाङ ४३९, लोकराज ढकाल, पुष्पराज पौडेल र टेकबहादुर लिम्बू ३४४ ले मत पाएर विजयी बनेका छन् । क्षेत्रीय सभापतिमा २१३ मतको फरकले इन्द्र बुढाथोकी विजयी बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar