मधेसको सभामुखमा रामअशिष यादव विजयी

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

    सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो ।

    जम्मा खसेको ९६ मतमध्ये यादवले  ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत पाए । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar