मधेसका मुख्यमन्त्री यादव नियुक्तिविरुद्धको रिटको सुनुवाइ सर्‍यो

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ सोमबारका लागि सरेको छ । आइतबार हुने भनिएको सुनुवाइमा अर्को मिसिल पनि साथै राख्नुपर्ने भएकाले मंसिर १ गतेका लागि सरेको वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिए । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो ।

    मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए । यसअघि रिकी यादवसहितको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।

    न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो । रकीप्रसाद साह समेतले गत सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar