मैले रविलाई अप्ठ्यारो स्थितिमा साथ दिएको छु : प्रचण्ड

  • कालिका खवर
  • बुधबार, पुस २३, २०८२
  • काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने र बालेन शाह मिल्दा आफ्नो पार्टीलाई कुनै पनि डर नरहेको प्रतिक्रिया दिएका छन् ।

    मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई धेरै अफ्ठ्यारो स्थितिमा साथ दिएकाले उनीहरु मिल्दा नेकपालाई कुनै डर नरहेको बताएका हुन् । ‘बालेन रविको गठबन्धनबाट विल्कुल डराएका छैनौँ ।

    रविलाई धेरै अफ्ठ्यारो स्थितिबाट मैले साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो । त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन, डर पनि छैन,’ प्रचण्डले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar