माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज अपराह्न साढे ३ बजे बसेको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।

    बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।

    माछापुच्छ्रे बैंकले देशका सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटिएम मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल, सहज तथा अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ आफ्नो सेवा विस्तार गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar