माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

  • कालिका खवर
  • बिहिबार, अशोज २२, २०८३
  • काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

    बैंकले इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो ।

    बैंकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टुमर अनबोर्डिङ’मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

    इन्फोसिस फिनेकल इनोभेसन अवार्ड्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनोट गरिएका हुन् ।

    उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकताक्रममा राखेका प्रतिबिम्बित भएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

    यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप ‘बेस्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट’ नाममा अर्को पुरस्कार प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित फोर्थ इमर्जिङ एसिया ब्यांकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    आयोजकका अनुसार यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मानस्वरूप प्रदान गरिएको हो । यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar