म्याक्सस नेपालको ‘दशैं डिलाइट’ अभियान : एक वर्ष निःशुल्क चार्जिङ र २० प्रतिशत डाउन पेमेन्ट

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौँ। नेपालमा म्याक्ससको आधिकारिक वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले दशैं लक्षित विशेष योजना ‘दशैं डिलाइट विथ म्याक्सस’ सार्वजनिक गरेको छ। अभियानअन्तर्गत म्याक्सस e-Deliver 7 खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। साथै, २० प्रतिशत डाउन पेमेन्टमा सवारी खरिद गर्न सकिने र अधिकतम ७ वर्षसम्मको वित्तीय सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    अभियोजनाअन्तर्गत e-Deliver 7 खरिद गर्ने ग्राहकको एक वर्षसम्मको चार्जिङ खर्च हिमालय मोट्रक्सले व्यहोर्नेछ। यसले विद्युतीय सवारीको सञ्चालन लागत घटाउनुका साथै दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ।

    त्यस्तै, प्रिमियम इलेक्ट्रिक पिकअपलाई सहज रूपमा खरिद गर्न सकिने गरी २० प्रतिशत डाउन पेमेन्टको वित्तीय सुविधा ल्याइएको छ। लागू हुने नियम तथा सर्तअनुसार ग्राहकले अधिकतम ७ वर्षसम्मको फाइनान्स सुविधा लिन सक्नेछन्। यो सुविधा काठमाडौँको हात्तीसारस्थित म्याक्ससको शोरुमबाट उपलब्ध हुने बताइएको छ।

    ५६० किलोमिटरसम्मको रेन्ज

    म्याक्सस e-Deliver 7 मा १०२.२ किलोवाटको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। एक पटकको चार्जमा यसले ५६० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। ७०० एनएम टर्क उपलब्ध गराउने यो विद्युतीय पिकअपमा विभिन्न सडक तथा भौगोलिक अवस्थाका लागि अल-ह्विल ड्राइभ प्रणालीसमेत रहेको छ।

    कम्पनीका अनुसार e-Deliver 7 ले पिकअपको उपयोगिता, एसयूभीसरहको आराम र आधुनिक प्रविधिलाई संयोजन गरेको छ। उन्नत सस्पेन्सन तथा अफ-रोड क्षमताका कारण नेपालको विविध भौगोलिक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।

    सवारीमा ब्याट्रीका लागि ८ वर्ष वा २ लाख किलोमिटरसम्म र मोटरका लागि ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    ‘दशैंमा नयाँ यात्राको सुरुवात’

    हिमालय मोट्रक्सका शोरुम म्यानेजर सुजन श्रेष्ठले दशैंलाई लक्षित गर्दै ग्राहकलाई थप मूल्य दिने उद्देश्यले अभियान ल्याइएको बताए।

    उनका अनुसार एक वर्ष निःशुल्क चार्जिङ र लचिलो वित्तीय सुविधाले ग्राहकका लागि विद्युतीय सवारीको स्वामित्वलाई थप सहज बनाउनेछ। e-Deliver 7 मार्फत प्रिमियम आराम, शक्तिशाली प्रदर्शन, आधुनिक प्रविधि र विद्युतीय मोबिलिटीको सुविधा एउटै सवारीमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए।

    म्याक्सस e-Deliver 7 तथा दशैं अभियानबारे जानकारी लिन इच्छुक ग्राहकले काठमाडौँको हात्तीसारस्थित आधिकारिक म्याक्सस शोरुममा पुगेर सवारीको अवलोकन तथा टेस्ट ड्राइभसहित वित्तीय योजनाबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

    हिमालय मोट्रक्सले एसआईसी ग्रुपको विश्वव्यापी प्रविधि र अनुभवको आधारमा वातावरणमैत्री सवारी तथा बिक्रीपछिको सेवा नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

    म्याक्सस एसआईसी ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड हो। कम्पनीले विद्युतीय मोबिलिटी, व्यावसायिक तथा यात्रुवाहक सवारी, प्रदर्शन क्षमता र आधुनिक अटोमोबाइल प्रविधिमा केन्द्रित भएर उत्पादन गर्दै आएको छ। नेपालमा म्याक्ससको आधिकारिक वितरण हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोट्रक्स प्रालिले गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar