लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्।

    प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो। यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, डायग्नोस्टिक तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए।

    अप्रेन्टिससिप सफलतापूर्वक पूरा गरेपछि दुवै प्राविधिकलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। दक्षिण कोरियामा प्राप्त हुने थप अन्तर्राष्ट्रिय प्रशिक्षणले उनीहरूको प्राविधिक दक्षतालाई अझ परिष्कृत गर्ने अपेक्षा गरिएको छ।

    लक्ष्मी हुन्डाईले सीटीईभीटीअन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यस्तो पहलले विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थल अनुशासन, समस्या समाधान तथा व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान गर्दै आएको छ।

    हुन्डाई ट्यालेन्ट एकेडेमीमार्फत प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षणपछि नेपाली प्राविधिकले हासिल गरेको ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गर्ने अवसर सिर्जना हुने कम्पनीको विश्वास छ।

    “सीप सिकेर विदेश जाने” मात्र होइन, “विश्वस्तरीय सीप सिकेर नेपालमै करियर बनाउने” वातावरण निर्माण गर्नु यस पहलको प्रमुख उद्देश्य रहेको लक्ष्मी हुन्डाईले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar