लागु औषधसहित एक युवक पक्राउ

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • जनकपुरधाम । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही गाउँपालिका–५ स्थित डिप बोरिंग भित्र बसिरहेको अवस्थामा करिब ६५ ग्राम खैरो हिरोइनका साथै लागु औषध नापतौल गर्ने डिजिटल तराजुका साथ शुक्रबार पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डल रहेका छन् । पक्राउ परेको मण्डललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडी बढाएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले बताए ।

    न्यौपानेका अनुसार शुक्रबार नै १२ जना विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १० जना कुटपिट र २ जना घरेलु हिंसामा जरिवाना र सजाय तोकिएको अभियुक्त रहेका छन् । जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar