कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • विराटनगर : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीमा २०४ जना बेपत्ता, ३० जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको, एक जना घाइेत भएको र १२ जनाको उद्धार भएको बताए ।

    उनले झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका, तीन उदयपुरका २१, ओखलुढुङ्गाका ४८, खोटाङका ११ जना र सोलुखुम्बुका ४५ व्यक्ति बाढीमा परी बेपत्ता भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar