कोरोनामा डा. अन्सारीले पाँच विमान चार्टर गरी नेपालमा भित्र्याएका थिए औषधि

राज कुमार सिलवाल
राज कुमार सिलवाल
  • शनिबार, अशोज ११, २०८२
  • काठमाडौं । कोभिड–१९ महामारीको कठोर समयमा जब देश मात्र होइन, विश्व नै त्रास र अनिश्चिततामा डुबेको थियो, त्यही बेला डा. अबुल हुसेन अन्सारी अग्रपंक्तिमा उभिएर मानवताका लागि उदाहरण बने । न औषधि थियो, न उपचारका भरपर्दा उपाय, सरकारसमेत असहाय स्थितिमा थियो । छिमेकी राष्ट्र भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा अभाव र हाहाकार चुलिएको थियो । त्यस्तो चुनौतीपूर्ण घडीमा डा. अन्सारीले विभिन्न मुलुकबाट अत्यावश्यक औषधि भित्र्याउँदै महामारीविरुद्धको लडाइँमा ठोस योगदान दिए।

    डा. अन्सारीले पाँचवटा विमान चार्टर गरी नेपालमा कोभिड–१९ का बिरामीहरूका लागि पहिलो चरणमा प्रयोग हुने औषधिहरू ल्याए। नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले समेत आफ्नो वेबसाइटमार्फत डा. अन्सारी सहित पाँच जनाको नाम सार्वजनिक गर्दै सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थालाई औषधि आपूर्तिका लागि समन्वय गर्न आग्रह गरेको थियो । देशभर आपत्कालीन रूपमा वितरण थालिएपछि अक्सिजन लगायतका स्वास्थ्य सामग्री पनि तीव्र गतिमा देशका विभिन्न भागमा पुर्‍याइयो ।

    औषधि आपूर्तिसँगै डा. अन्सारीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै २६ जिल्लामा ५२ लाख प्यारासिटामल ट्याब्लेट निःशुल्क वितरण गरे। यति मात्र होइन, महामारीका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई बिहान–बेलुका निःशुल्क खानाको व्यवस्था समेत विभिन्न अस्पतालहरूमा गरिएको थियो । दैनिक रूपमा अस्पतालको गेटमै स्वास्थ्यकर्मीहरूको संख्या लिएर भोजन पुर्‍याउने प्रणाली सुरु गरिएको थियो, जसले फ्रन्टलाइनमा काम गर्नेहरूलाई ठूलो राहत दियो ।

    त्यसैगरी, बङ्गलादेश सरकारले नेपाललाई दिएको अनुदानका औषधि ल्याउनका लागि नेपाल सरकारले ४२ लाख रुपैयाँ खर्चेर विमान चार्टर गरेको अवस्थामा डा. अन्सारीले आफूले चार्टर गरेको विमानमा निःशुल्क रूपमा ती सामग्री ल्याइदिए । यस कदमले सरकारले ठूलो रकम बचत गर्न सक्यो । साथै, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई पनि औषधि निःशुल्क उपलब्ध गराउने अभियान व्यापक रूपमा चलाइयो ।

    डा. अन्सारीले २० जनाको टोलीसहित महिनौँसम्म अग्रपंक्तिमा बसेर निःशुल्क सेवा पुर्‍याएका थिए । काठमाडौं उपत्यकामा दुई ठाउँमा शिविर राखी लगातार १० दिनसम्म पारासिटामल वितरण अभियान सञ्चालन गरिएको थियो । कोभिड–१९ को कठिन समयलाई सम्झिँदा डा. अन्सारी भन्छन्, “त्यो समय असाध्यै पीडादायी थियो, तर त्यही बेला देशका लागि उठेका सहयोगी हातहरूले नै संकट पार गर्न सहयोग गरे ।” डा. अन्सारीको यो योगदान आज पनि महामारीकालको एउटा प्रेरणादायी कथा बनेर उभिएको छ ।

    त्यतिबेलाका केही फोटोहरु हेर्नुहोस

    लेखकको बारेमा

    राज कुमार सिलवाल

    राज कुमार सिलवाल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar