खुल्ला सदस्यमा देवबहादुर खड्काको उम्मेदवारी दर्ता

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • पोखरा। देवबहादुर खड्काले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको खुल्ला केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    महासंघको अध्यक्ष पदमा पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी ले उम्मेदवारी दर्ता गराएका छन् ।

    दर्तापछि खड्काले व्यवसायीको हकहित र महासंघको सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

    महाधिवेशनमा देशभरका ३८७ सदस्य संस्थाबाट आएका १५ सयभन्दा बढी प्रतिनिधि तथा मतदाता सहभागी रहेका छन्। आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ।

    उम्मेदवारी दर्तापछि विभिन्न पदका आकांक्षीहरूले प्रतिनिधिहरूसँग भेटघाट, छलफल तथा चुनावी अभियानलाई तीव्र बनाएका छन्। महासंघको नेतृत्व चयनलाई लिएर पोखरामा चुनावी माहोल थप सक्रिय बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar