खरानी ग्याङको आशय केपी ओलीलाई जलाउने थियो : राधिका शाक्य

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनमा अध्यक्ष एवम् पति ओलीलाई नै जलाउने योजना रहेको बताएकी छन् ।

    आज सपनाको भग्नावशेष पुस्तक विमोचन समारोहमा बोल्दै उनले त्यो बेला घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने योजना रहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो ।

    अझै पनि केपी ओलीमाथि नानाथरीको आरोप लगाएर बसिरहेका छन । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप लाञ्छना लगाइरहेका छन्,’ । खरानी ग्याङको सरकारले आफूहरूलाई जति दुःख दिए पनि झेल्न तयार रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar