केपी ओलीको हार निश्चित छ : कृष्णगोपाल श्रेष्ठ

  • कालिका खवर
  • बुधबार, पुस २, २०८२
  • काठमाडौं : नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी हाँक्ने कुशल क्याप्टेन ईश्वर पोखरेल रहेको बताएका छन् ।महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो महाधिवेशनमा केपी शर्मा ओलीको हार र पोखरेल समूहको जित निश्चित रहेको बताएका हुन् । उनले पोखरेललाई एमाले निर्माणको आर्किटेक्टको रुपमा चित्रण गरे । एमालेलाई अहिलेको स्थानसम्म ल्याउनका लागि पोखरेलको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    ‘यो ११औं महाधिवेशन एमालेको लागि एउटा महत्वपूर्ण टर्निङ पोइन्ट हो । सही ढंगले यो टर्निङ पोइन्टलाई क्रश गर्नुपर्छ भन्ने आधारमा कुशल क्याप्टेन ईश्वर पोखरेल हुनुहुन्छ । हामी जित्ने प्यानलमा उठेका छौं । गर्वका साथ भन्छौं– हामी जित्छौं,’– उनले भने । उनले पार्टी अध्यक्ष ओलीलक्षित गर्दै अहिले आफूहरु पार्टीमा अहंकार, दम्भ र घमण्डी प्रवृत्तिको विरुद्धमा रहेको बताए ।

    एमालेलाई संस्कार युक्त ढंगले आम कार्यकर्ताको प्रतिनिधित्व गर्ने, समग्र जनताको हित, कल्याण र पार्टीलाई बनाउन, देशलाई बचाउन र सिंगो समृद्ध र सुखी नेपाली बनाउने सन्दर्भमा एमाललेमा पुस्तान्तरण र हस्तान्तरण नगरी सुख नै नरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar