केपी ओली अब कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ भन्ने संज्ञा दिए।

    गृहमन्त्री अर्यालले ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको जस्तो अब नहुने’ स्पष्ट पारेका छन्।  उनले भने, ‘यो चाहिँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’ उनले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगले भनेको जानकारी पनि दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar