काठमाडौंको संघर्षका कार्यक्रम स्थगित गरेका जेनजी युवाहरु राहत सामाग्री लिएर पुगे नुवाकोट

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका पीडितका लागि युवाहरुले राहत सामाग्री लिएर पुगेका छन् । आउँदो भदौ २३ गतेको पुर्वनिर्धारित संघर्षका कार्यक्रम स्थगित गर्दै कमन जेनजी नेपालले राहत, उद्धारमा जुटेको हो ।

    कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहितका युवाहरुले आज राहतका सामाग्रीहरु लिएर नुवाकोट पुगेका छन् । उनीहरुले रसुवा पुग्ने प्रयास पनि गरिने र बाढी पीडितलाई राहतका सामाग्रीहरु उपलब्ध गराउने जनाएका छन् ।

    अतिआवश्यक औषधिका साथै खाद्यान्न सामाग्रीहरु दुई गाडी लिएर अहिले नुवाकोट पुगेको कमन जेनजी नेपालका अध्यक्ष साहले जनाएका छन् । गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो रुपमा जनधनको क्षति भएको छ ।

    बाढी आएको भोलीपल्ट नै नुवाकोट पुगेका जेनजी युवाहरुले आज फेरी राहत सामाग्रीहरु लिएर त्यसतर्फ पुगेका हुन् । यसअघि कमन जेनजी नेपालले २३ भदौमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर सो संघर्षका कार्यक्रम स्थगित गर्दै जेनजी युवाहरु अहिले राहत, उद्धारमा जुटने निर्णय गरेका छन् ।

    ‘यसअघि हामीले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको भए पनि संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर अहिले हामी बाढीपीडितको राहत तथा उद्धारामा जुटने निर्णय अनुसार अतिआवश्यक औषधि सहित खाद्यान्न सामाग्री लिएर नुवाकोट पुगेका छौं,’ साहले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar