काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • काठमाडौं : काठमाडौं उपत्यकामा दिउँसोको समय लागेको कर्फ्यु हटेको छ। आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनाले जनाएको छ। सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ।

    जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ। निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै लागू गरिने सेनाले जनाएको छ । यो व्यवस्थाले दिनको अधिकांश समय नागरिकलाई हिँडडुल तथा आवतजावतमा सहजता प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar