कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

  • कालिका खवर
  • सोमवार, पुस ७, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । साथै, उनले महाधिवेशनबाट आफू सभापति बन्ने दाबी पनि गरे ।

    थापाले महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए । उनले अहिले क्रियाशील सदस्यको कामहरू पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाए ।

    महामन्त्री थापाले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताए । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए ।

    महाधिवेशन निर्वाचनअघि हुनैपर्ने थापाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar