काँग्रेस नेता राजेन्द्र बजगाईं पार्टी परित्याग गर्दै

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने तयारी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गर्ने सोच बनाएको बताएका हुन् । ‘केही निकृष्ट पात्र’का कारण कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

    ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास-नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ उनले लेखेका छन्।

    उनी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकटको दावेदार थिए । तर पार्टीले टिकट नदिएपछि उनी पार्टी छोड्ने तयारीमा लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar