कांग्रेस महामन्त्रीमा उमेदवारी दिने सुनील शर्माको घोषणा

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । शनिबार (असोज १७) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उमेदवारी घोषणा गरेका हुन् ।

    उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उमेदवारी दिने निर्णय गरेको बताए । कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उनले उल्लेख गरे ।

    लोकतन्त्र पुनर्स्थापनाका निम्ति विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लविङ’ गरेको स्मरण गर्दै उनले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar