कामना सेवा विकास बैंकको क्रेडिट रेटिङ स्तरोन्नति

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (आइएस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ कायम गरेको हो।

    केयर रेटिङ्स नेपालको परिभाषाअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने र मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ।

    बैंकको पूँजीकोषमा भएको सुदृढीकरण, कर्जाको गुणस्तर व्यवस्थापनमा आएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा देखिएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, यसले बैंकको वित्तीय सबलता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ।

    रेटिङ स्तरोन्नतिपछि बैंकले प्रतिस्पर्धी लागतमा स्रोत परिचालन, संस्थागत निक्षेप विस्तार तथा व्यावसायिक साझेदारी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ।

    रेटिङको विस्तृत परिभाषा को वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar