कालिका लघुवित्तको पहिलो त्रैमासमा १९.६३% नाफा वृद्धि, खुद मुनाफा २ करोड ३ लाख

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको समान अवधिको तुलनामा १९.६३ प्रतिशतले बढेको हो, जसअन्तर्गत गत वर्ष कम्पनीले १ करोड ७० लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो।

    कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार, समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले वृद्धि भई १० करोड ८७ लाख ८५ हजार रुपैयाँ पुग्यो। यस्तै, संचालन नाफा पनि १९.४५ प्रतिशत बढ्दै २ करोड ९० लाख १३ हजार रुपैयाँमा सीमित रह्यो।

    कम्पनीको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ४२ पैसा कायम भएको छ। प्रतिशेयर वास्तविक मूल्य १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको विवरणमा उल्लेख छ।

    कालिका लघुवित्तको चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar