कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

    कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

    बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar